Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अवरुद्ध राजमार्ग खुलाउन सेनासहितको अध्ययन टोली खटियो

अवरुद्ध राजमार्ग खुलाउन सेनासहितको अध्ययन टोली खटियो

बिहिवार , आश्विन १७, २०८१

काठमाडौं । सरकारले बाढीपहिरोका कारण अवरुद्ध बनेका राजमार्ग खुलाउन नेपाली सेनासहित संलग्न गराएर अध्ययन थालेको छ ।

बीपी राजमार्गमा पहिरोका कारण बगाएको कम्तिमा १० देखि १२ किलोमिटर खण्डमा वैकल्पिक व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्राविधिकसहितको टोलीले अध्ययन थालेको हो।

त्यसका लागि बुधबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माको नेतृत्वमा चार जना प्राविधिकको टोलीले सेनाको हेलिकोप्टरमार्फत प्रभावित स्थानको निरीक्षण गरेको छ।

टोलीमा भौतिक पूर्वाधार मान्त्रालयका ३ जना र नेपाली सेनाका एक जना प्राविधिक थिए।

बीपी राजमार्गमा अबरुद्ध बाटो खुलाउने विषयमा बुधबार रक्षामन्त्री मानविर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालबीच पनि छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077