Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

बिहिवार , आश्विन १७, २०८१

झापा । जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-३ की अन्दाजी ६५ वर्षीय वाङदी गुरुङ रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार बिहान ९ बजेतिर हल्दिबारी-३ स्थित रणकाली सामुदायिक जंगलमा घाँस काटी फर्कने क्रममा गुरुङमाथि हात्तीले आक्रमण गरेको थियो ।

८ देखि १० वटा हात्तीले लखेटेका उनलाई लछारपछार गरी कुल्चिएर मारेको प्रहरीले जनाएको छ ।

घटनास्थलमै मृत्यु भएका उनको कानुनी प्रक्रिया गरी शव पोस्ट मार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याउने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077