Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

दशैंमा पनि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिट हेर्ने

दशैंमा पनि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिट हेर्ने

बिहिवार , आश्विन १७, २०८१

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा मात्रै सुनुवाइ हुने भएको छ ।

दशैंका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च ले जनाएको हो ।

उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुनेछ।

सर्वोच्च अदालतको जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षकीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077