Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

समयमै उपचार नपाउँदा अछाममा सुत्केरीको मृत्यु

समयमै उपचार नपाउँदा अछाममा सुत्केरीको मृत्यु

बिहिवार , आश्विन १७, २०८१

अछाम । समयमै उपचार नपाउँदा अछाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

ढकारी गाउँपालिका-६ कि २९ वर्षीया सरितादेवी जैशीको उच्च रक्तश्रापका कारण मृत्यु भएको हो।

गए राति करिब १२ बजे उनलाई सुत्केरी ब्यथा लागेको थियो। परिवारका सदस्यहरूले स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा उनले बाटोमा नै बच्चा जन्माएकी थिइन्।

बाटोमा सुत्केरी भएकी उनलाई उच्च रक्तश्रापको समस्या देखिएको थियो।

त्यसलगत्तै उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्‍याइएकोमा स्वास्थ्य कार्यालयमा आवश्यक उपकरण र दक्ष जनशक्ति नभएको भन्दै उनलाई थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन लैजान भनिएको थियो।

सुत्केरी भएको करिब ७ घण्टासम्म पनि आवश्यक उपचार नपाउँदा जिल्ला अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

ढिलो गरी अस्पताल पुर्‍याएकाले सुत्केरीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077