Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नेपालगन्जबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

नेपालगन्जबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

बिहिवार , आश्विन १७, २०८१

नेपालगन्ज । नेपालगन्जमा ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझाबाट ९९ ग्राम लागुऔषध ब्राउन सुगरसहित कारोबारमा संलग्न दुईजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक राहुल शुक्ला र नेपालगंज उपमहानगरपालिका २० एरपोर्ट नजिक बस्ने बालचन्द्र कामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर, लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

कामीको डेरामा खानतलासी गर्ने क्रममा भारत रुपैडिया बस्ने शुक्लाको पाइन्टको गोजीमा ब्राउन सुगर फेला परेको बताइएको छ ।

सोही कोठामा रहेको खाटमा लागुऔषध ब्राउन सुगर तौल गर्न प्रयोग गरिने डिजिटल तराजु एक थान प्रहरीले बरामद गरेको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077