Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

विष खुवाएर दुई छोरीको हत्या गरेकी आमा कारागार चलान

विष खुवाएर दुई छोरीको हत्या गरेकी आमा कारागार चलान

बिहिवार , आश्विन १७, २०८१

विराटनगर । विष खुवाएर दुई छोरीको हत्या गरेकी महिला पुर्पक्षका लागि कारागार चलान भएकी छिन् ।

विष खुवाएर नाबालिका दुई छोरीको हत्या आरोपमा पक्राउ परेकी अस्मिता पौडेल (कार्की) पुर्पक्षका लागि कारागार चलान भएकी हुन् ।

मोरङ जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको इजलासले मंगलवार अस्मितालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अदालतको आदेशपछि उनी जिल्ला कारागार मोरङ चलान भएकी छिन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर दुई नाबालिका छोरीको हत्या गरेपछि अस्मिता फरार भएकी थिइन् । अस्मितालाई प्रहरीले भदौ १९ गते बिहान झापाको बिर्तामोडबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077