Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मालपोतका हाकिमले ५१ हजार घुस लिएको आरोप

मालपोतका हाकिमले ५१ हजार घुस लिएको आरोप

बिहिवार , आश्विन १७, २०८१

बैतडी । जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले सेवाग्राहीबाट घुस लिएको खुलेको छ ।

छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट प्रमुख अशोक सार्कीले पाँच पटक गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको प्रमाण भेटिएको हो ।

उनले बुधबार आफ्नै कार्यकक्षमा सेवाग्राही पाटन नगरपालिका–८, का नरबहादुर विष्ट र धनसिंह विष्टबाट पाँचौँ पटक घुसको अन्तिम किस्ता लिने बेलाको भिडिओ सार्वजनिक भएको छ ।

कार्यालय प्रमुखले सेवाग्राही विष्टबाट २०८१ वैशाख ३० गते पाँच हजार, साउन ६ गते १० हजार, त्यसपछि ६ हजार दुईसय, भदौ १७ गते २० हजार र असोज १६ गते घुसको अन्तिम किस्ता १० हजार गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको पीडितको आरोप छ ।

कार्यालय प्रमुखले पटक पटक घुस लिएको अडिओ–भिडिओ प्रमाण आफूसँग सुरक्षित रहेको सेवाग्राही नरबहादुर विष्टले बताए । घुस लिएको भिडिओका विषयमा कार्यालय प्रमुख सार्कीले सेवाग्राही आफैले टेबुलमा पैसा राखिदिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077