Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

भैंसेपाटी प्रभागको 'हनि ट्रयापिङ' मा संलग्न थप एक पक्राउ

भैंसेपाटी प्रभागको 'हनि ट्रयापिङ' मा संलग्न थप एक पक्राउ

बिहिवार , आश्विन १७, २०८१

काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागभित्रै एक व्यवसायीलाई थुनामा राखेर ३० लाख असुलिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

इटहरीका भिमादेवी थापा बिहीबार पक्राउ परेकी हुन् । यसअघि सुष्मा विक र ताज इस्लाम पक्राउ परेका छन् ।

बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रभागकी इन्सपेक्टर बिनुकुमारी शाहीसँग मिलेर उनीहरुले एक व्यवसायीसँग ३० लाख असुली गरेका थिए । त्यसमध्ये २० लाख थापाको खातामा जम्मा गरिएको थियो ।

घटनाको विषयमा उनी जानकार नरहेको र ताजले उनको खाता प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । यो घटनामा इन्सपेक्टर शाहीमाथि समेत मुद्दा चल्ने बताइएको थियो । तर, एक सातासम्म उनको निलम्बन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077