Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दाङबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

दाङबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

शुक्रवार , आश्विन १८, २०८१

दाङ । दाङ प्रहरीले दुई जना होटेल सञ्चालकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।

रोल्पाको थवाङ गाउँपालिका १ घर भई हाल दाङको घोराही उपमहागनरपालिका-१४ नयाँ बसपार्कमा ‘न्यू थवाङ्गी लाली गुराँस खाजा घर’ २३ वर्षीय किशोर सुनार पक्राउ परेका हुन।

रोल्पा घर भएका र हाल दाङको घोराह- १४ बसापार्क क्षेत्रमा ‘न्यू कोसेली खाजा घर’ सञ्चालन गर्दै आएकी ४७ वर्षीया मीना घर्ती मगर पनि पक्राउ परेकी छन्।

त्यस्तै घोराही -१० जलौराका २० वर्षीय आकाश बुढा पनि प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन्।

प्रहरीका अनुसार शुद्ध तौल गर्दा सुनारको साथवाट १८० मिली ग्राम, मगरको साथवाट ३ ग्राम ८५० मिली ग्राम र बुढाको साथबाट ४१० मिली ग्राम ब्राउन सुगर बरामद भएको हो।

गोप्य सूचनाका आधारमा सुनार र मगरलाई बुधबार र बुढालाई बिहीबार पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077