Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।

राष्ट्रियसभा अध्यक्ष दाहाल राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।

राष्ट्रपतिसँगको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका थिए।

अध्यक्ष दाहाल स्वीटजरल्याण्डमा हुने अन्तरव्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077