Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

युवतीमाथि सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ

युवतीमाथि सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ

शुक्रवार , आश्विन १८, २०८१

दाङ । १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा चार जना पक्राउ परेका छन्।

गढवा गाउँपालिका-५ चैनपुरका १९ वर्षीय किरण चौधरी, २४ वर्षीय सन्जित चौधरी, १९ वर्षीय धिरज चौधरी र २१ वर्षीय सन्दीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार किरणले ती युवतीलाई विवाह गर्ने बहाना बनाएर मंघरस्थित ह्युमपाइप बनाउने घरमा बोलाएका थिए।

उनीहरूले सामूहिक बलात्कार गरेपछि बिहीबार बिहान युवती इलाका प्रहरी कार्यालय गढवामा पुगेकी थिइन्। इलाका प्रहरी कार्यालयमा पुगेर उनले घटनाबारे जानकारी गराएकी थिइन्।

किरण र ती युवती दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए। विवाह गर्ने प्रलोभनमा पारेर किरणले आफूमाथि बलात्कार गरेको र अन्य पुरूषले पनि बलात्कार गरेको प्रहरीसमक्ष उनले बयान दिएकी छिन्।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय गढवाको थुनुवा कक्षमा राखिएको छ। उनीहरूविरूद्ध अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077