Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेका रूबी खान पक्राउ

सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेका रूबी खान पक्राउ

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनरत रूबी खानसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका रूबीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेको रूबी खानको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

रूबी खानसहित, ललिता थारू र गीता चमारलाई प्रहरी वृत्त सिंहदरबारको टोलीले नियन्त्रणमा लिएको छ ।

निर्मला कुर्मीको हत्या आरोपिलाई कानुनी कारबाही हुनुपर्ने र अनुसन्धान अगाडि बढ्नुपर्ने भन्दै बाँकेका अभियन्ता रूबी खानसहित १४ जनाको टोली माइतीघर मण्डलामा धर्ना बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077