Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

हनि ट्रयापिङमा संलग्न इन्सपेक्टर शाही गृह मन्त्रालयबाट निलम्बित

हनि ट्रयापिङमा संलग्न इन्सपेक्टर शाही गृह मन्त्रालयबाट निलम्बित

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । हनि ट्रयापिङमा संलग्न गिरोहसँग मिलेर पैसा असुल्ने इन्सपेक्टर बिनुकुमारी शाहीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।

भैंसेपाटी प्रभागमा रहँदा उनले एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलेर छाडेका थिइन् ।

सो घटनामा उनलाई गत १० असोजमा नै निलम्बन सिफारिस भएको थियो । शुक्रबार बल्ल निलम्बनको निर्णय भएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताए ।

यस प्रकरणमा ललितपुर परिसरले डिएसपी नरहरी अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरी अध्ययन गरिरहेको छ ।

हालसम्मको अध्ययनमा इन्सपेक्टर समेत यसमा प्रतिवादी बन्ने बलिया आधार भेटिएका छन् । हाल गिरोहका नाइके ताज इस्लामसहित तीन जना थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077