Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आफैं तस्करीमा लागेपछि तीन सशस्त्र प्रहरी कारबाहीमा

आफैं तस्करीमा लागेपछि तीन सशस्त्र प्रहरी कारबाहीमा

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । सीमामा तस्करी रोक्ने प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी आफैं तस्करीमा लागेका छन् ।

विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोज्ने सशस्त्र प्रहरी बल नेपालका तीन जना कर्मचारीमाथि कारबाही अघि बढेको छ ।

अफिस प्रयोजनको लागि भन्दै निजि गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्धती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार राम बहादुर कुवरलाई नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडि बढाएको हो ।

त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनीहरुलाई नं. ३४ गण कैलालीले नियन्त्रणमा लिएको थियो ।

यसैबीच त्रिनगर नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरुलाई अनावश्यक दुःख दिएको र पैसा समेत असुलिएको भन्ने गुनासोका आधारमा नं. ३४ गण कैलालीले सुक्ष्म निगरानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077