Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

परराष्ट्रमन्त्री डा. आरजु राणा स्वदेश फिर्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा स्वदेश फिर्ता

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छन् । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलोग (एसीडी) को तेस्रो सम्मेलनमा भाग लिएर शुक्रबार अपराह्न उनी स्वदेश फर्किएकी हुन् ।

परराष्ट्रमन्त्री राणाले यसअघि क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठक र अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७९औं महासभा बैठकमा पनि सहभागिता जनाएकी थिइन ।

कतारको सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी कतार पुगेकी हुन्।

उनले आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने दृष्टिकोणले सफल भएको उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077