Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

लेबनानमा रहेका नेपाली नागरिकको छिट्टै उद्धार गर्छौं : परराष्ट्रमन्त्री आरजु

लेबनानमा रहेका नेपाली नागरिकको छिट्टै उद्धार गर्छौं : परराष्ट्रमन्त्री आरजु

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र लेबनानको लडाकु समूह हिज्बुल्लाहबीचको युद्धका कारण समस्यामा परेका नेपालीको छिट्टै उद्धार गरिने बताएकी छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएकी मन्त्री राणाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन् ।

उनले युद्धका कारण लेबनानमा रहेका नेपालीको उद्धारका लागि नाम संकलन भइरहेको बताइन् ।

उनले समस्यमा परेका नेपालीहरू सम्पर्कमा आउन नसकेकाले तत्काल सम्पर्कमा ल्याउन पनि परिवारजनलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077