Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सीमा नाकामा ११६ सहायता कक्ष स्थापना गर्दै सशस्त्र प्रहरी

सीमा नाकामा ११६ सहायता कक्ष स्थापना गर्दै सशस्त्र प्रहरी

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । सीमा नाकामा सशस्त्र प्रहरी बलले एक सय १६ स्थानमा सहायता कक्ष स्थापना गर्ने भएको छ ।

चाडपर्वलाई लक्षित गर्दै सहज, सुरक्षित एवं सम्मानजनक आवगमन सुनिश्चित गर्न सशस्त्र सहायता कक्ष स्थापना गर्न लागेको हो ।

अहिलेसम्म ६६ वटा सहायता कक्ष स्थापना भइसकेको र ५० वटा स्थापना हुने क्रममा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

दसैँ, तिहार तथा छठपर्व लगायतका चाडवाडका बेला सीमा नाकाबाट आफ्नो गन्तव्यतर्फ जाने आमनागरिकलाई सहज, सुरक्षित र सम्मानजनक ढंगबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपदमापरेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077