Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा सरकारले विभेद गर्‍यो, तुरुन्त सच्याउनू : प्रभु साह

विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा सरकारले विभेद गर्‍यो, तुरुन्त सच्याउनू : प्रभु साह

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको भन्दै तत्काल सच्याउन माग गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको शुक्रबार बसेको बैठकले सिफारिस गरेअनुसार आजै मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरेको थियो ।

सो लगत्तै पूर्वमन्त्री साहले सामाजिक सञ्जालमार्फत सरकारको उक्त निर्णयको विरोध गरेका हुन् ।

उनले १४ जिल्लालाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु गैरजिम्मेवारपनको पराकाष्ठा भएको संज्ञा दिए । उनले सरकारलाई उक्त निर्णय तुरुन्त सच्याउन विशेष आग्रह गरे ।

उनले लेखेका छन्, 'बाढी, पहिरोबाट प्रभावित जिल्लाहरुमा सरकारले १४ जिल्लालाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु गैरजिम्मेवार एवं सम्प्रदायिकता प्रकाष्टा, यसलाई तुरुन्त सच्याउन विशेष आग्रह ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077