Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

वनमा दाउरा लिन गएकी ११ वर्षीया बालिका बलात्कृत, ४० बर्षीय यादव पक्राउ

वनमा दाउरा लिन गएकी ११ वर्षीया बालिका बलात्कृत, ४० बर्षीय यादव पक्राउ

शनिवार , आश्विन १९, २०८१

दाङ । बालिका बलात्कार गरेको आरोपमा ४० वर्षीय पुरूष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको राजपुर गाउँपालिका – २ का ४० बर्षीय धर्मराज यादव रहेका छन् ।

स्थानीय दुर्गा सामुदायिक वनमा दाउरा लिन जाँदै गरेकी ११ वर्षीया एक बालिकालाई शुक्रबार यादवले आफ्नै घरको कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ ।

इलाका प्रहरी कार्यालय गढवामा पीडित बालिकाले यादवविरुद्ध उजुरी गरेका कारण प्रहरीले शुक्रबार बेलुका अवेर उनलाई पक्राउ गरेको बतायएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077