Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

विपद् प्रभावित ४५ पालिकालाई ५ करोड ८० लाख सहायता प्रदान गर्ने बागमती सरकारको घोषणा

विपद् प्रभावित ४५ पालिकालाई ५ करोड ८० लाख सहायता प्रदान गर्ने बागमती सरकारको घोषणा

शनिवार , आश्विन १९, २०८१

हेटौंडा । बागमती प्रदेश सरकारले विपद् जोखिमयुक्त प्रदेशका ४५ वटा स्थानीय तहलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले भिषण वर्षाका कारण बाढीपहिरोले क्षति पुर्‍याएको ४५ वटा पालिकालाई तीन वटा क्लष्टर बनाएर ५ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले ७ वटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए ।

उक्त रकम सम्बन्धित पालिकाले राहत वितरणलगायत विपद्को क्षेत्रमा खर्च गर्न सक्ने गरी रकम निकासा गर्न लागिएको हो । उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद व्यवस्थापन कोषमा पठाइने छ ।

मन्त्रिपरिषद्ले प्रदेश विपद् व्यवस्थापन कोषमा रकम न्यून रहेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077