Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

हामीले छिमेकीहरुसँगको सम्बन्धलाई बराबर प्राथमिकता दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

हामीले छिमेकीहरुसँगको सम्बन्धलाई बराबर प्राथमिकता दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

शनिवार , आश्विन १९, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारत र चीनसँगको सम्बन्धलाई बराबर प्राथमिकता दिनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित नेपाल–भेनेजुयलामैत्री संघ घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

नेपालले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई बराबर प्राथमिकता दिनुपर्ने उपाध्यक्ष श्रेष्ठको भनाई छ । नेपाललाई समृद्ध बनाउन भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर अगाडि बढाउनुपर्ने उपाध्यक्ष श्रेष्ठले बताए ।

काठमाडौंमा आयोजित नेपाल–भेनेजुयलामैत्री संघ घोषणा कार्यक्रममा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने धारणा राखे।

उपाध्यक्ष श्रेष्ठले विश्व राजनीति एशिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलतालाई बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने बताए।

राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई नेपालले अघि बढाउनुपर्ने उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077