Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कैलालीमा १२ लाख मुल्यको अबैध सामानसहित एकजना पक्राउ

कैलालीमा १२ लाख मुल्यको अबैध सामानसहित एकजना पक्राउ

शनिवार , आश्विन १९, २०८१

कैलाली । कैलालीमा १२ लाख मुल्यको अबैध सामानसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार सो मुल्य बराबरको अबैध सामानसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

शनिबार १२ लाख ८ हजार १५० मुल्य बराबरको अबैध सामान फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

टीकापुर नगरपालिका–८ श्रीलंकाबाट ५ लाख ४० हजार ४ सय मुल्यको ४ सय ४० थान लेडिस सुट र १० हजार मुल्यको चार थान साइकल बरामद गरिएको छ। यता धनगढी उपमहानगरपामलका–१८ तुलसीबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१–००९ प ९५९४ नम्बरको मोटरसाइकल र ३ लाख ७६ हजार ५ सय मुल्यको एक सय ७३ थान लेडिज तथा जेन्स सुट र एक थान मोटरसाइकल बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहाबाट २७ हजार ६५० मुल्यको कस्मेटिक सामान र धनगढी उपमहानगरपालिका–१० घुयाँघाटबाट ३६ हजार मुल्यको ३ वटा बोका समेत बरामद गरिएको छ। यस्तै धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट २७ हजार ६ सय मुल्यको सुट तथा मोजा बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–१९ पच्चीस घरबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतको लखिमपुरका २५ वर्षीय इरफान खानले चलाएको युपी ३१ ‘इ’ ९२७३ नम्बरको मोटरसाइकलसहित ७१ थान ट्याक्टरको ब्यारिङ गरी एक लाख ९० हजार मुल्यको सामान बरामद गरेको छ। चाडपर्व सुरु भएयता प्रहरीको सक्रियता बढेपछि भारतबाट अबैध रुपमा आयात हुने सामान धमाधम बरामद हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077