Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दोस्रो अभ्यास खेलमा नेपालको जित

दोस्रो अभ्यास खेलमा नेपालको जित

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । क्यानडामा जारी दोस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ ।

नेपालले क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी) लाई शनिबार राति २० रनले हराएको हो । योसँगै तीन खेलको श्रृंखलामा नेपालले १–१ को बराबरी गरेको छ ।

१७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भएको थियो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा १७६ रन बनाएको थियो ।

नेपालको कप्तानी गरेका सोमपाल कामीले ३३ बलमा दुई चौकासहित सर्वाधिक ३१ रन बनाए । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077