Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रहरी अस्पतालकी एक डाक्टर वैशाखदेखि सम्पर्कविहीन, तत्काल हाजिर हुन गृहको निर्देशन

प्रहरी अस्पतालकी एक डाक्टर वैशाखदेखि सम्पर्कविहीन, तत्काल हाजिर हुन गृहको निर्देशन

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । नेपाल प्रहरी अस्पतालकी एक जना प्राविधिक अधिकृत सम्पर्कविहीन भएकी छन्।

प्रहरी अस्पतालको रेडियोलोजी शाखा महाराजगञ्ज दरबन्दी भई सोही अस्पतालको छाला रोग विभागको ओपिडीमा कार्यरत डा. शिवानिस सिंह वैशाखदेखि सम्पर्कविहीन भएकी हुन् ।

चार दिनका लागि भैपरी आउने बिदा लिएकी सिंहले थि १४ दिन घर बिदा लिएकी थिइन् ।

त्यसपछि दगातार दुई महिना घर बिदा लिएर बिदा भुक्तान गरेपछि उनी अहिलेसम्म हाजिर नभएको गृह मन्त्रालयले जनाएको छ।

वैशाखदेखि बिदा बसेकी उनी सूचना जारी गर्दा पनि सम्पर्कमा नआएपछि गृहमन्त्रालयले स्पष्टीकरणसहित उपस्थित हुन पुन सूचना जारी गरेको छ ।

यसपटक पनि उपस्थित नभए प्रहरी नियमावली अनुसार भविष्यमा सरकारी सेवाको लागि अयोग्य हुने गरी सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077