Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नक्कली नोटसहित रौतहटबाट दुई जना पक्राउ

नक्कली नोटसहित रौतहटबाट दुई जना पक्राउ

आइतवार , आश्विन २०, २०८१

रौतहट । प्रहरीले रौतहटबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

चन्द्रपुर नगरपालिका-१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका-५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय छन्।

इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले चपुरबाट गौरतर्फ जाँदै गरेको बिआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077