Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु

धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु

आइतवार , आश्विन २०, २०८१

धरान । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु गरेको छ ।

चाडपर्वको समयमा सवारी साधनले बढी भाडा लिने, चोरी डकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शङ्कास्पद स्थानमा जाँच सुरु गरिएको हो।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शङ्कास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चाडपर्व लक्षित सुरक्षा योजना अनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागुऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व नजिकिएसँगै अपराधजन्य घटना घट्न नदिनका इलाका प्रहरी कार्यलयमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077