Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

हराएका २६ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

हराएका २६ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न ठाउँबाट हराएका २६ वटा मोटरसाइकल र स्कुटरहरु सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमका बीच डीआईजी भरतबहादुर बोहराले मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

जसमा १६ वटा मोटरसाइकल र १० वटा स्कुटर छन्। मोटरसाइकल तथा स्कुटरहरुमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

काडाँघारी, सानोठिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगंज, बुढानीलकण्ठ, नेपालटार, ठमेल र कंलकी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारिएको ट्राफिकले जनाएको छ।

आइतबार बुझाइएका २६ वटासहित १४१ वटा सवारी साधन साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।

चोरीका १३ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १७ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077