Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

एनपीएल अक्सन : रिजन ढकाल १० लाखमा चितवन राइनोजमा आबद्ध

एनपीएल अक्सन : रिजन ढकाल १० लाखमा चितवन राइनोजमा आबद्ध

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि खेलाडीहरुको अक्सन सुरु भएको छ ।

फास्ट बलर रिजन ढकाल बोलकबोलमा बिक्री हुने पहिलो खेलाडी बनेका छन्।

ढकाललाई न्युनतम मूल्य १० लाखमा चितवन राइनोजले खरिद गरेको छ।

उनी हाल नेपालको राष्ट्रिय टीममा समेत छन् । रिजनले नेपाली राष्ट्रिय टीमबाट २ एक दिवसीय र ३ टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

हालसम्म उनले टी-२० अन्तर्राष्ट्रियमा ४ र एक दिवसीयमा १ विकेट लिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा आयोजना गरेको अक्सनबाट सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन् ।

१५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहँदा एक मार्की, चार विदेशी र एक ट्यालेन्ट हन्टबाट टिममा अनुबन्ध हुनेछन्।

मार्की खेलाडीमा कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौं गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077