Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

आरिफ शेख र अभिनाश बोहरा सुदूरपश्चिम रोयल्समा अनुबन्धित

आरिफ शेख र अभिनाश बोहरा सुदूरपश्चिम रोयल्समा अनुबन्धित

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । नेपालका मध्यक्रमका ब्याटर आरिफ शेख नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

आइतबार भएको अक्सनमा आरिफलाई सुदूरपश्चिम रोयल्सले १५ लाख रुपैयाँमा खरिद गरेको हो ।

उनले १० लाख रुपैयाँ मूल्य राखेका थिए । अक्सनमा कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो ।

तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाख रुपैयाँ पाएका हुन्।

त्यस्तै, नेपालका डेथ ओभर स्पेसलिष्ट बलर अभिनाश बोहरालाई सुदूरपश्चिम रोयल्सले १२ लाख रुपैयाँमा किनेको छ।

न्यूनतम १० लाख रुपैयाँ राखेका उनलाई किन्न कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो ।

तर, कर्णालीले साढे ११ लाख पछि मुल्य लगाउन चाहेन । अभिनाश टी-२० विश्वकपपछि नेपालको टोलीमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077