Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपिएल अक्सन : दोस्रो चरणमा ‘सोल्ड’ भए शरद र विनोद

एनपिएल अक्सन : दोस्रो चरणमा ‘सोल्ड’ भए शरद र विनोद

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगको अक्सनको दोस्रो चरणमा शरद भेषवाकर र विनोद भण्डारी ‘सोल्ड’ भएका छन् ।

काठमाडौंमा जारी अक्सनमा पहिलो चरणमा अनसोल्ड भएका उनीहरु दुवैजना दोस्रो चरणमा भने ‘सोल्ड’ भएका हुन् । शरदलाई चितवन राइनोज र विनोदलाई सुदूरपश्चिम रोयल्सले किनेको छ ।

दुवै खेलाडी फर्स्ट विस लिस्टको आधारमा सोल्ड भएका हुन् । यसअघि दुवै खेलाडीले आफूलाई दश लाख रुपैयाँ बेस रेट रहेको श्रेणी ‘ए’ मा समावेश गरेका थिए।

तर, दुवै खेलाडीलाई खरिद गर्न आठै टोलीले इच्छा देखाएका थिएनन्। विस लिस्टको आधारमा चितवन र सुदूरपश्चिमले क्रमशः शरद र विनोदलाई दश लाखको बेस रेटमै प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077