Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपिएल अक्सन : यी १२ खेलाडी उच्च मूल्यमा बिके [नामसहित]

एनपिएल अक्सन : यी १२ खेलाडी उच्च मूल्यमा बिके [नामसहित]

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगमा १२ जना खेलाडी उच्च मूल्यमा बिकेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार गरेको अक्सनमा १२ खेलाडी सर्वाधिक १५ लाख रुपैयाँमा बिकेका हुन् ।

प्रतिश जिसी, लोकेश बम, ललितनारायण राजवंशी, अनिलकुमार साह, गुलसन झा, साहब आलम, भीम सार्की, सूर्य तामाङ, सन्दीप जोरा, विवेक यादव, सागर ढकाल र आरिफ शेख १५ लाख रुपैयाँमा बिकेका हुन् ।

प्रतिश र लोकेश विराटनगर किङ्स, ललित र अनिल जनकपुर बोल्ट्स, गुलसन कर्णाली याक्स, साहब आलम र भीम काठमाडौं गुर्खाज, सूर्य, विवेक र सन्दीप लुम्बिनी लायन्स, सागर पोखरा एजेन्जर्स र आरिफ सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका हुन् ।

आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहेनछन्। जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077