Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टी–२० महिला विश्वकप : भारत र वेस्ट इन्डिज विजयी

टी–२० महिला विश्वकप : भारत र वेस्ट इन्डिज विजयी

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ ।

पाकिस्तानले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८ रन बनायो ।

भारतका लागि शेफाली वर्माले सर्वाधिक ३२ रन बनाइन् । यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

यस्तै हिजो भएको दोस्रो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डले दिएको १ सय रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ११ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077