Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पहिरोमा परी ज्यान गुमाएका ६ जना खेलाडीका परिवारलाई ८ लाख दिने एन्फाको निर्णय

पहिरोमा परी ज्यान गुमाएका ६ जना खेलाडीका परिवारलाई ८ लाख दिने एन्फाको निर्णय

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिरोमा परी ज्यान गुमाएका एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीका परिवारलाई ८ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

आज बसेको एन्फाको आपतकालीन बैठक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका३ मा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई ८ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।

खेलाडीहरू आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बॉनिया, अनुपम घलान र साईमन योञ्जन एकेडेमीबाट अन्यत्र जाने क्रममा बाटोमा पहिरोमा परी मृत्यु भएको थियो।

खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष संघबाट खोल्ने र उक्त कोषमा अन्य शुभचिन्तकलाई सहयोग गर्नका लागि अनुरोध गर्ने पनि निर्णय भएको छ।

यस्तै एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई ६ खेलाडीहरूको स्मृतिमा सञ्चालन गरिने भएको छ।

दिवंगत खेलाडीहरुको सालिक वा स्मृती स्तम्भ निर्माणका लागि वात्सल्यदेवी माविमा पहल गरी निर्माण गराइने छ।

खेलाडीका परिवारको थप राहतको लागि फिफा र एएफसीलाई पनि अनुरोध गर्ने पनि एन्फाले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077