Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रावललाई एमाले सुदूरपश्चिम अध्यक्षको चेतावनी - भ्रम नफैलाउनू, पार्टी अध्यक्षसँग वार्ता गर्नू

रावललाई एमाले सुदूरपश्चिम अध्यक्षको चेतावनी - भ्रम नफैलाउनू, पार्टी अध्यक्षसँग वार्ता गर्नू

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेशले नेता भीम रावललाई भ्रम नफैलाउन चेतावनी दिएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसीले सोमबार एक विज्ञप्ति जारी गर्दै नेता रावललाई तल्लो तहमा भ्रम नफैलाउन चेतावनी दिएका हुन् ।

अध्यक्ष जैसीले निवर्तमान उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री रावलले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गरी अनावश्यक रूपमा सामाजिक सञ्जालमा अन्तर्विरोध चर्काउने गरी लेखिएको विषयप्रति पार्टी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाए ।

‘पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बीचमा भ्रम नछर्न चेतावनी दिन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टीमा जिम्मेवारीविहीन छन् । उक्त महाधिवेशनमा रावलले ओलीको चाहानाविपरित उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । त्यही कारण नेता रावल ओली प्रवृतीको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077