Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सेनाको हेलिकप्टर चढेर सिन्धुली पुगे गृहमन्त्रीसहित तीन मन्त्री

सेनाको हेलिकप्टर चढेर सिन्धुली पुगे गृहमन्त्रीसहित तीन मन्त्री

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । नेपाली सेनाको हेलिकप्टरमार्फत ३ जना मन्त्रीहरु सिन्धुली पुगेका छन् ।

सेनाको हेलिकप्टरमार्फत गृहमन्त्री रमेश लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई सिन्धुलीको खुर्कोट पुगेका हुन्।

वर्षाका कारण वीपी राजमार्ग अवरुद्ध भएको १० दिनपछि गृहमन्त्री लेखकसहितका मन्त्रीहरु अनुगमनमा निस्किएका हुन्।

उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका छन् ।

रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ । उनीहरूले सो कामको निरीक्षणसमेत गरेका छन् ।

सिन्धुलीको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकसहितको टोली सेनाकै हेलिकप्टरमार्फत सिन्धुपाल्चोकको चौतारा र ललितपुरको महांकाल जाने तयारी छ ।

बाढी प्रभावित क्षेत्रको अवलोकन पछि सेनाकै हेलिकप्टरमार्फत टोली काठमाडौं फर्किने बताइको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077