Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानमन्त्री ओली भन्छन् - विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ

प्रधानमन्त्री ओली भन्छन् - विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल परिवर्तन गर्नुपर्ने बताएका छन्।

लगानी बोर्डको ५९औं बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारी रूपमा काम गर्न आग्रह गरेका हुन्।

“हामीले सामान्य सुधार (रिफर्म) होइन, रुपान्तरण (प्याराड्याम सिफ्ट) नै गर्नुपर्छ । पुरानापुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन। बोर्डलाई विज्ञ, युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “यताबाट उता फाइल पठाउने र अध्ययन–विमर्शकै समय बित्ने अवस्था रहनु हुँदैन। कुनै पनि पक्षको अनुचित दबाब नसही देशको हितमा हुनुपर्ने उचित काम प्रभावकारी रूपमा हुनुपर्छ। त्यसका लागि हामीले फाइल कहाँ पुग्यो भन्ने ट्रयाकिङ प्रणाली कार्यान्वयन गर्दैछौं। कुनै पनि फाइल सम्बन्धित कार्यालयमा आएको तीन दिनभित्र हुनेनहुने निर्णय दिनुपर्ने पनि निर्णय गरेका छौं।”

बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीबाट प्रस्तुत आगामी चार वर्षका लागि रणनीतिक तथा व्यावसायिक कार्ययोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077