Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

मेलम्चीको पानी घरघरमा पुगे नपुगेको जाँच गर्न कर्मचारीलाई खानेपानीमन्त्री यादवको निर्देशन

मेलम्चीको पानी घरघरमा पुगे नपुगेको जाँच गर्न कर्मचारीलाई खानेपानीमन्त्री यादवको निर्देशन

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी जनताका घरमा पुगेरनपुगेको जाँच गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

मेलम्चीबाट सुन्दरीजलमा ल्याइएको पानी वितरणका लागि आयोजना गरिएको सुभारम्भ कार्यक्रममा बोल्दै खानेपानीमन्त्री यादवले यस्तो बताएका हुन् ।

खानेपानीमन्त्री यादवले मेलम्चीको पानी जनताका घरघरमा पुगे नगेका विषयमा अनुगमन एवं जाँच गर्न निर्देशन दिए।

खानेपानीमन्त्री यादवले भने,'हामीले ठूलो चुनौती पार गरेर काठमाडौंवासीका लागि पानी ल्याएका छौँ। उक्त पानी आज वितरण कार्य सुरु भएको छ । जनताका घरघरमा मेलम्चीको शुद्ध पानी पुगे नपुगेको विषयमा अनुगमनसहित जाँच गर्नु होला।'

उनले मेलम्चीको पानी वितरणका क्रममा कुनै प्राविधिक समस्या भए वा जनताका घरमा पानी पुग्न नसके कारणसहित उल्लेख गरेर आफूलगायत खानेपानी मन्त्रालयका कर्मचारीलाई जानकारी दिन समेत आग्रह गरे।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) को जिम्मा जनतालाई पानी वितरण गर्ने भएकाले मेलम्चीबाट आएको पानी जुनसुकै हालतमा पनि काठमाडौंवासीको घरमा पुग्नु पर्ने खानेपानीमन्त्री यादवको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077