Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कर्मचारीलाई खानेपानीमन्त्री यादवको निर्देशन - दशैंको समयमा अत्यावश्यक काम पर्न सक्छ, फोन अफ नर्गनू

कर्मचारीलाई खानेपानीमन्त्री यादवको निर्देशन - दशैंको समयमा अत्यावश्यक काम पर्न सक्छ, फोन अफ नर्गनू

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले दशैंलगायतका चाडपर्वका समयमा अत्यावश्यक काम पर्न सक्ने भन्दै फोन अफ नर्गन कर्मचारीलाई निर्देशन दिएका छन्।

मन्त्रालयमा आयोजना गरिएको वडा दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै खानेपानीमन्त्री यादवले यस्तो निर्देशन दिएका हुन्।

उनले खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनै पनि कर्मचारीले आफूसँग भएको मोबाइल फोन अफ नगर्न निर्देशन दिए।

खानेपानीमन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानीका विषयमा नागरिकहरूका विभिन्न समस्या आउन सक्ने तथा अन्य अत्यावश्यक काम पर्न सक्ने भएकाले आफूसँग भएको मोवाइल अफ नगर्न निर्देशन दिए।

खानेपानीमन्त्री यादवले भने,'हामी जनताका सेवक हौँ,मानिसलाई पानी नभइ नहुने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्,मोबाइल अफ नगर्नु होला ।'

सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले अहिले विपद्को समय भएकाले थप समस्या आउन सक्नेतर्फ ध्यान दिँदै नागरिकका समस्यालाई समाधान गर्न तर्फ अग्रसर रहन समेत आग्रह गरे।

काठमाडौं उपत्यकामा मंगलबारदेखि वितरण गरिएको मेलम्चीको पानी कुनकुन क्षेत्रमा पुगेको र कहाँ अपुग छ? सो विषयमा निरन्तर अनुगमन गरी पानी वितरण कार्य सूचारु गर्न समेत खानेपानीमन्त्री यादवले उपत्यका खानेपानी लिमिटेडका कर्मचारीहरूलाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077