Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

मारवाडीलाई प्रहरीले संरक्षण गरेपछि बालेन भन्छन् - देश चलेको त यस्तै समितिबाट पो रहेछ !

मारवाडीलाई प्रहरीले संरक्षण गरेपछि बालेन भन्छन् - देश चलेको त यस्तै समितिबाट पो रहेछ !

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सरकारमाथि खनिएका छन् ।

पशुपति क्षेत्रको गौशाला धर्मशालामा काठमाडौं महानगरपालिकाको बोर्ड राख्न मारवाडी सेवा समितका सदस्यहरूले अवरोध गरेपछि मेयर बालेन सरकारमाथि खनिएका हुन् ।

गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले हस्तक्षेप गरेको भन्दै मेयर बालेनले आक्रोश पोखे ।  उनले सामाजिक संञ्जाल फेसबुक स्टाटस लेख्दै देश मारवाडी सेवा समितबाटै चलेको बताए ।

मेयर बालेनले लेखेका छन्, 'नाजायज सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितीले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हडपेको जग्गा अदालतले दाबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ , अनि कोषले महानगरलाई धर्मशाला तथा असक्तहरूलाई निशुल्क खाना र औषधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समितिबाट पो रहेछ । अनि हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ ।'

उनले अदालतको फैसला र पशुपति क्षेत्र विकास कोषको निर्णयअनुसार धर्मशाला संरक्षणका लागि गएको महानगरको टोलीलाई प्रहरीले अवरोध गरेको र उल्टै मारवाडी सेवा समितिलाई संरक्षण गरेको बताए ।

यसबाट देश कसले चलाइरहेको छ भन्ने थाहा हुने मेयरबालेनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077