Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

आवास विकाससँग सम्बन्धित व्यवस्था पुनरावलोकनका लागि कार्यदल गठन

आवास विकाससँग सम्बन्धित व्यवस्था पुनरावलोकनका लागि कार्यदल गठन

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । सहरी विकास मन्त्रालयले जग्गा र आवास विकाससँग सम्बन्धित व्यवस्था पुनरवलोकनका लागि सुझाव दिन कार्यदल गठन गरेको छ।

मन्त्रालयले सहरी विकास मन्त्रालयका भवन, आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदललाई जग्गा र आवास विकाससँग सम्बन्धित व्यवस्थाहरू अध्ययन गरी पुनरवलोकन गर्नुपर्ने विषय पहिल्याई गर्नुपर्ने सुधार सहितको प्रतिवेदन एक महिनाभित्र पेश गर्ने जिम्मेवारी तोकिएको छ।

कार्यदलमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक नारायण भण्डारी, सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एकराज अधिकारी, नेपाल जग्गा तथा आवास विकास महासंघ २ जना प्रतिनिधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव र सदस्य सचिवका रूपमा सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय कार्यान्वयन इकाईका आयोजना निर्देशक प्रकाश अर्याल छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077