एजेन्सी । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा भारत र दक्षिण अफ्रिका विजयी भएका छन् ।
समूह ‘ए’ को खेलमा भारतले श्रीलङ्कालाई ८२ रनले हराएको छ ।
भारतले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १९ ओभर पाँच बलमा ९० रनमै अलआउट भयो ।
त्यसअघि दुबईमा टस जितेर पहिला व्याटिङ गरेको भारतले तीन विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो ।
यस्तै हिजै भएको समूह ‘ए’ को अर्को खेलमा दक्षिण अफ्रिकाले स्कटल्याण्डलाई ८० रनले हराएको छ ।