Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकसाथ प्रदर्शनमा ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’, कसले मार्ला बाजी ?

एकसाथ प्रदर्शनमा ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’, कसले मार्ला बाजी ?

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । आजबाट तीन नयाँ चलचित्र रिलिज भएका छन् । फूलपातीको अवसर पारेर ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ एकै दिन रिलिज भएका हुन् ।

देशभरका मल्टिप्लेक्स र सिंगल थिएटरमा सबैभन्दा धेरै ‘छक्का पञ्जा–५’ले शो पाएको छ । दोस्रोमा ‘१२ गाउँ’को शो छ । तेस्रोमा ‘ज्वाइँ साब’ छ ।

‘छक्का पञ्जा–५’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । यसमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।

‘१२ गाउँ’लाई बिराज भट्टले निर्देशन गरेका छन् । यसमा समीर भट्ट र बिराज स्वयं मुख्य भूमिकामा छन् । विराजका छोरा समीरको डेब्यु फिल्म भएकाले यो फिल्म बहुप्रतिक्षित थियो। समीरलाई पर्दामा हेर्न दर्शक निकै उत्साहित छन् ।

ज्वाइँ साब’लाई वसन्त निरौलाले निर्देशन गरेका छन् । फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ र शिवु पाण्डेको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077