Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

दशैंले समुदाय र व्यक्तिबीचको एकतालाई सुदृढ बनाउँदै आएको छ : देउवा

दशैंले समुदाय र व्यक्तिबीचको एकतालाई सुदृढ बनाउँदै आएको छ : देउवा

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडादशैंले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको बताएका छन् ।

बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले सो कुरा बताएका हुन्।

सभापति देउवाले यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको बताए।

दशैंको पूर्वसन्ध्यामा बाढी, पहिराको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको उल्लेख गर्दै सभापति देउवाले हजारौँ नागरिक घरवारविहीन हुन पुगेको उल्लेख गरे ।

सभापति देउवाले विज्ञप्तिमा लेखेका छन्, 'मुलुकका अर्बौंका राष्ट्रिय पूर्वाधार नष्ट भएका छन् । दसैंमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठीन अवस्था सिर्जना भएको छ । हजारौँ नागरिकका करोडौँका जग्गाजमिन र भित्र्याउने बेला भएका अन्नबाली सखाप भएका छन् । यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।'

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो । हामीमा नीहित बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको देउवाको भनाइ छ ।

विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो । दसैं नेपालीको धार्मिक र सांस्कृतिक पर्व भएको बताउँदै उनले यो पर्वले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077