Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

दोलखामा गाडी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

दोलखामा गाडी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

बिहिवार , आश्विन २४, २०८१

दोलखा । काठमाडौंबाट दोलखाको मेलुङ जादैं गरेको गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

काठमाडौंबाट मेलुङ गाउँपालिका ४ जाँदै गरेको बागमती प्रदेशको ०१-०२७ च २७५१ नम्बरको जीप शैलुङ गाउँपालिका२ मा दुर्घटनामा परेको हो।

जीप आफै अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएको थियो। उक्त जीपमा सवार १२ यात्रुमध्ये ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

घाइते ६ जनामध्ये ५ लाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ। त्यसमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। एक जनालाई जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077