Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

इन्टरपोलको महासभामा भाग लिन दुवै आइजिपी स्कटल्याण्ड जाने

इन्टरपोलको महासभामा भाग लिन दुवै आइजिपी स्कटल्याण्ड जाने

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन(इन्टरपोल)को ९२ औं महासभामा भाग लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक स्कटल्याण्ड जाने भएका छन् ।

उनीहरुको भ्रमण गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

यसपटक इन्टरपोलको महासभा ४ देखि ७ नोभेम्बर (१९/२३ कात्तिक) मा हुँदैछ ।

स्कटल्याण्डको ग्लास्गो सहरमा हुने महासभामा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077