Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पुण्य गौतममाथि रड प्रहार गर्ने दुर्गा प्रसाईँका कार्यकर्ता पक्राउ

पुण्य गौतममाथि रड प्रहार गर्ने दुर्गा प्रसाईँका कार्यकर्ता पक्राउ

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँस्थित सडकमा ४६ वर्षीय गौतममाथि रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे तेमाल घर भई भक्तपुरको च्यामासिंह बस्ने ३० वर्षीय टासी लामा भन्ने संजिव तामाङ र रसुवा घर भई गोकर्णेश्वर नगरपालिका-४ बस्ने ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङदान छन्।

संजिवलाई मंगलबार र दिलबहादुरलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

उनीहरु पुण्य गौतममाथि रड प्रहार गरी घाइते बनाएर फरार रहेका थिए । उनीहरूबाट प्रहरीले एउटा रड र तीन वटा मोबाइल पनि बरामद गरेको छ।

उनीहरूमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले बताए । पक्राउ परेका दिलबहादुर गङदाङ मुख्य योजनाकार हुन्।

उनी मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक समेत हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077