Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

टेनिस स्टार नडालद्वारा सन्यासको घोषणा

टेनिस स्टार नडालद्वारा सन्यासको घोषणा

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । टेनिस स्टार रफायल नडालले सन्यासको घोषणा गरेका छन्।

२२ पटक ग्र्यान्ड स्लाम जितिसकेका ३८ वर्षीय नडालले सन्यास लिने घोषणा गरेका हुन्।

यस वर्षको डेविस कपको फाइनल नै उनको करियरको अन्तिम खेल हुने बताइएको छ।

भिडियो सन्देशमा उनले भनेका छन्, 'तपाइँहरूलाई एउटा जानकारी दिलाउन चाहन्छु कि म व्यवसायिक टेनिसबाट सन्यास लिँदैछु।'

नडालले पछिल्ला केही वर्ष आफ्ना लागि निकै अप्ठ्यारो भएकाले आगामी दिनमा टेनिस खेल्नसक्ने सम्भावना नदेखिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077