Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

च्याङ्लीमा धारिलो हतियार प्रहारबाट युवतीको हत्या

च्याङ्लीमा धारिलो हतियार प्रहारबाट युवतीको हत्या

बिहिवार , आश्विन २४, २०८१

गोरखा । गोरखामा एक युवतीको हत्या गरिएको छ । पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा गए राति २८ वर्षीया रश्मी कुमालको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सरोज कार्कीले जानकारी दिए ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा बिहीबार मृत्यु भएको हो ।

कुमाल सुतिरहेको अवस्थामा घरभित्र आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ ।

कुमालको दाहिने गर्धन, बायाँतर्फको कानको भागमुनि र टाउकोमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ । हत्या कसले गरेको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

शव परीक्षणपछि अन्त्येष्टिका निम्ति बिहीबारै परिवारको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077