Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, यस्तो छ रुट

दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, यस्तो छ रुट

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । बडादसैँका अवसरमा नेपाल प्रहरीले दुईदिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार यो वर्षको महाअष्टमी/महानवमी र विजयादशमीका दिन निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो ।

असोज २५ र २६ गते काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो । रुट नम्बर–१ अन्तर्गत नयाँ बसपार्क, बालाजु, बल्खु, सातदोबाटो, लगनखेल, थापाथली, पुतलीसडक, नक्साल, टिचिङ, चक्रपथ हुँदै बस सञ्चालन गरिनेछ ।

रुट नम्बर–२ अन्तर्गत एयरपोर्ट, कोटेश्वर, ठिमी, सूर्यविनायक, गौशाला, चाबहिल, चक्रपथ, बालुवाटार, नक्साल, रातोपुल हुँदै बस सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

दुवै रुटमा बिहान र अपराह्न गरी दुई सिफ्टमा बस सेवा सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077