Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चाडपर्वको मौका छोपी चिनियाँ नागरिकको घरमा चोरी, चारजना पक्राउ

चाडपर्वको मौका छोपी चिनियाँ नागरिकको घरमा चोरी, चारजना पक्राउ

बिहिवार , आश्विन २४, २०८१

काठमाडौं । दशैंको मौका छोपी चिनियाँ नागरिकको घरमा लाखौँ रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार दिउँसो २ बजेको समयमा काठमाडौँ महानगरपालिका वडा नं. ३२ पेप्सीकोलास्थित अन्जली ताम्राकारको घरमा चोरी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट घर भएका २८ वर्षीय मनिष सापकोटा, काभ्रेपलाञ्चोक घर भएका २७ वर्षीय धनेष लामा, नुवाकोट घर भएका २८ वर्षीय डियुक सापकोटा र नुवाकोट घर भएकी २६ वर्षीया श्रीमाया तामाङ छन् ।

उनीहरुले ताम्राकारको साढे ३ तले पक्की घरको माथिल्लो तलामा डेरा गरी बस्ने चाइनिज नागरिक ५७ वर्षीया लुओ जिया लियानको कोठाको ताला फोडी १९ लाख नगद तथा सि.सि. क्यामेराको हार्डड्राईभ चोरी गरेका थिए ।

उनीहरुको साथबाट प्रहरीले नगद १६ लाख ४९ हजार ७४०, चोरी गरेको फलामको लकर १ थान, चोरी गरेको रकमबाट बाडफाड गरी उक्त रकम बाट खरिद गरिएको नयाँ एनएस २०० मोटरसाइकल १ थान र पक्राउ गरिएका व्यक्तिहरुले प्रयोग गर्ने मोबाईल ६ थान पनि बरामद गरेको छ।

बिहीवार काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत बानेश्वर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077